प्रेस चौतारी कैलालीको अध्यक्षमा आचार्य – Nepal Press

प्रेस चौतारी कैलालीको अध्यक्षमा आचार्य

धनगढी । भानुभक्त आचार्यको अध्यक्षतामा प्रेस चौतारी नेपाल कैलालीको नयाँ कार्यसमिति चयन गरिएको छ । मंगलबार सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपले चयन गरिएको हो ।

प्रेस चौतारी सुदूरपश्चिमका सहइन्चार्ज गोविन्द रोस्याराको संयोजकत्वमा गठन भएको अध्यक्ष मण्डलले प्रस्ताव गरेको कार्य समितिलाई बन्द सत्रले अनुमोदन गरेको हो ।

उपाध्यक्षमा निराजन परियार, उपाध्यक्ष (महिला) मिना चौधरी, सचिवमा जनकसिंह विष्ट, सहसचिवमा प्रेम विष्ट र कोषाध्यक्षमा लोकुसिंह ठकुरी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा राम सुनार, अंकित उप्रेती, रोशनी बिक, सागर परियार, अनिला स्वर्णकार, खगेन्द्र अवस्थी र कुलराज चौधरी चयन भएका छन् । सहसचिव समावेशी र पाँच जना कार्यसमिति सदस्यलाई भने जिल्ला कार्य समितिले मनोनित गर्नेछ ।

यसैबीच प्रेस चौतारी कैलालीले चार जना पूर्व अध्यक्षलाई संगठन विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । संस्थापक अध्यक्ष हेमन्त पौडेल, शेरबहादुर बस्नेत, विरेन्द्र रावल र मातृका तिमिल्सेनालाई दोसल्लासहित सम्मान गरिएको हो ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रेमुख आतिथ्यतामा भएको उदघाटन सत्रमा प्रदेश इन्चार्ज हेमन्त पौडेल, महासचिव शिवराज भट्ट लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर