सिंगापुर, रोम र बुखारेस्टका महावाणिज्यदूतको पदावधि थप्ने सरकारको निर्णय – Nepal Press

सिंगापुर, रोम र बुखारेस्टका महावाणिज्यदूतको पदावधि थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सिंगापुर, रोम र बुखारेस्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरुको पदावधि थप गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् ।

सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेस्टमा रहेका महावाणिज्यदूतको पदावधि थप हुने निर्णय भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर