बुटवलका उद्योगी खेम पुनको मृत्यु


रुपन्देही । बुटवलका उद्योगी खेम पुनको मृत्यु भएको छ । लामो समयदेखि बुटवलमा औषधिको व्यवसाय गर्दै आएका पुन विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका थिए ।
खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक ६० वर्षीय पुनको मष्तिकघातका कारण मृत्यु भएको हो ।
पुनको उपचारका क्रममा काठमाडौँको ग्रिनसिटी अस्पतालमा मंगलबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
ओमी पुन कल्याणकारी प्रतिष्ठानले प्रत्येक वर्ष चिकित्सा इन्जिनियर अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृति प्रदान गर्दै आएको छ ।
औषधि व्यवसाय गर्दै आएका पुन शनिबार विशेष बैठकका लागि विराटनगर पुगेका थिए । बैठककै क्रममा असहज लागेर बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
सोमबार हेलिकप्टरमार्फत काठमाण्डौंस्थित ग्रिनसिटी अस्पताल पुर्याएर उपचाररत उनको मंगलबार बिहान १२ बजे मृत्यु भएको हो ।