हराएका पाँच बालबालिकाको मध्यरातमा चन्द्रागिरी जंगलबाट सकुशल उद्दार – Nepal Press

हराएका पाँच बालबालिकाको मध्यरातमा चन्द्रागिरी जंगलबाट सकुशल उद्दार

काठमाडाैं ।  शनिबार दिउँसो चन्द्रागिरीमा हिउँ खेलेर फर्किने क्रममा हराएका पाँच बालबालिकालाई प्रहरीले मध्यरातमा सकुशल उद्दार गरेको छ ।

चन्द्रागिरी नगरपालिका ६ महादेवस्थान बस्ने रीता गुरुङ, सौभाग्य गुरुङ, सहज गुरुङ, जेनिशा गुरुङ र एरविन गुरुङलाई मध्यराती सवा १ बजे जंगलमा फेला पारि आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

बालबालिकाहरु हिजो दिउँसो हिउँ खेल्न चन्द्रागिरी गएको र सम्पर्कविहीन भएको सूचना राती साढे ८ बजे प्रहरीले पाएको थियो ।

प्रहरीका अनुसार सूचना पाएलगत्तै डीएसपी डिल्लीनारायण पाण्डेयको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीकासहित ३७ जना प्रहरीको टोलीले ५ घण्टा लामो अपरेसनपछि बालबालिकालाई सकुशल फेला पारेको हो ।

सबै तस्बिर स्राेत: नेपाल प्रहरी । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *