शहिदनगरका कार्यकारी अधिकृत यादवसहितका कर्मचारी गाडीमै कुटिए (भिडिओ)


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शत्रुधन यादव लगायतका कर्मचारी गाडीमै कुटिएका छन् ।
आज दिउँसो नगरपालिकाको यदुकोहा चोकमा नगरपालिकाको २-००२-००६८ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा सवार अधिकृत यादव सहितका कर्मचारीलाई एक समूहले कुटपिट गरेको हो ।
गाडीमा चालक, कार्यालय सहयोगी र अन्य दुई जना गरी ५ जना सवार थिए । उनीहरुमाथि समेत युवाहरुको समूहले अन्धाधुन्द मुक्का प्रहार गरेको भिडिओ सार्वजनिक भएको छ ।
यता, नगर प्रमुख उदय कुमार बरमरियाले लागूऔषध खाएका युवाहरुले अधिकृत यादवसहित ५ जनामाथि सामान्य कुटपिट गरेको बताएका छन् ।
उनले नेपाल प्रेससंग भने, ‘सामान्य कुटपिट भएको छ । घाइते कोही भाको छैन् । अगाडीमा बसेका एक जनालाई बढी चोट लागेको छ ।’ कुटपिट गर्ने युवाहरुको पहिचान गर्न नसकिएको उनको भनाई छ ।
यो घटनाबारे प्रहरी भने अनविज्ञता जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी दिपक राईले भने, ‘शहिदनगरमा आज कुटपिटको घटना नै भएको छैन् । सामाजिक संजालमा आएका भिडिओहरु पुरानो हुनसक्छ ।’