जीप दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाले नगद राहत दिने


रुपन्देही । प्युठानको गौमुखी गाउँपालिकाले जीप दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
गौमुखी –६ लिवाङमा शनिबार भएको जीप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले नगद राहत दिने निर्णय गरेको हो ।
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए ।
उनकाअनुसार गाउँपालिकाले ४ लाख रूपैयाँ बजेट तत्काल व्यवस्था गरेर राहत उपलब्ध गराउनेछ । अध्यक्ष गिरीले बिपद्मा परेका नागरिकलाई राहत उपलब्ध गराउन गाउँपालिकाले कार्यबिधि बनाएको बताए ।
नौबहिनी गाउँपालिका –६ लुङबाट बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा गौमुखी गाउँपालिकाका सात र नौबहिनीका एक जना गरी आठ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा बेहुलाबेहुली्सहित ५ जना घाइते भएका थिए । आइतबार गाउँपालिकाले शोक बिदा दिएको थियो ।