अपहरणपछि हत्या गरी भागेका व्यक्ति १० वर्षपछि पक्राउ – Nepal Press

अपहरणपछि हत्या गरी भागेका व्यक्ति १० वर्षपछि पक्राउ

बाँके । अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार एक जनालाई १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ल छन् ।

मल्लले नेपालगंज १ पारिजात मार्ग बस्ने २१ वर्षीय हिमाल बुढालाई २०६७ माघ ३ गते अपहरणपछि हत्या गरेर फरार भएका थिए ।

गोरखामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट उनलाई पक्राउ गरेको हो ।

आवश्यक कारबाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *