भोलिदेखि जोर-बिजोर हटाइँदै, विद्यालय भने माघ महिनाभर बन्दै रहने – Nepal Press

भोलिदेखि जोर-बिजोर हटाइँदै, विद्यालय भने माघ महिनाभर बन्दै रहने

काठमाडौं । कोरोना संक्रमण दर घट्दै गएपछि सरकारले उपत्यकाभित्र सवारी साधनमा लगाएको जोर-बिजोर प्रणाली हटाउने भएको छ ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आज बसेको बैठकपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर नयाँ आदेश जारी गर्दैछन् ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने र अहिलेसम्मको निर्देशन कार्यान्वयनको समीक्षा हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

सीसीएमसीको सिफारिस अहिलेसम्म आफूहरुले नपाएको उनले नेपाल प्रेसलाई बताए ।

सीसीएमसी बैठकमा सहभागी एक सदस्यका अनुसार सोमबारदेखि यातायात साधनमा लगाइएको जोरबिजोर हटाइनेछ । अन्य कतिपय क्षेत्रमा लगाइएको प्रतिबन्ध पनि खुकुलो हुनेछ ।

विद्यालय भने माघ महिनाभर बन्द नै गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *