दाङमा रक्सी खाएर स्थानीयलाई तर्साउने ७ जना पक्राउ – Nepal Press

दाङमा रक्सी खाएर स्थानीयलाई तर्साउने ७ जना पक्राउ

काठमाडौं । रक्सी खाएर हतियार देखाउँदै स्थानीयालाई आतङ्कित बनाएको आरोपमा दाङ प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

तुल्सीपुर–३ भ्युडरमा उनिहरुले मादक पदार्थ सेवनपछि पेस्तोल आकारको लाइटर र हतियार देखाउँदै स्थानीयलाई तर्साएको आरोप प्रहरीको छ।

पक्राउ पर्नेमा १६ देखि २५ वर्षसम्मका युवा छन्। प्रहरीले उनिहरुको साथबाट एउटा खुँडा, ३ वटा हँसिया र एउटा बन्चरो पनि बरामद गरेको प्रहरीले जनाएको छ। उनिहरुले खाली गोठमा बसेर मापसे गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *