रुपन्देहीको तिनाउ पूलमा जीपको ठक्करबाट मोटसाइकल चालकको मृत्यु – Nepal Press

रुपन्देहीको तिनाउ पूलमा जीपको ठक्करबाट मोटसाइकल चालकको मृत्यु

रुपन्देही । बुटवल उपमहानगरपालिका-२ तिनाउ पुलमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा १ युवकको मृत्यु भएको छ ।

शनिवार राति भएको दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नम्बरको जीपले विपरीततर्फ दिशाबाट आउँदै गरेको आचार्य सवार लु २४ प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा शनिवार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर