सडक प्रदर्शनमा उत्रेका रमेश खरेललाई प्रहरीको स्यालुट (तस्बिरहरु)


काठमाडौं । नयाँ पार्टी गठन गरेयता नेपाल प्रहरीका पूर्व डीआईजी समेत रहेका रमेश खरेल शनिबार पहिलोपटक प्रदर्शनमा उत्रिए । लिपुलेकमा भारतीय हस्तक्षेप, सार्वजनिक सम्पत्तिको किनबेच र बढ्दो महंगीविरुद्ध खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गर्यो ।
खरेलको पार्टीले विभिन्न विषयमा ३१ बुँदे मागपत्र समेत सार्वजनिक गरेको छ । माइतीघरमा करिब आघा घण्टा प्रदर्शन गरेपछि खरेल त्यहाँ खटिएका प्रहरी अधिकारीहरुसँग भलाकुसारीमा लागे । फिल्डमा खटिएका प्रहरीहरुले खरेललाई स्यालुट फर्काए ।
प्रहरी संगठनमा `पुलिस नेभर रिटायर्स’ भन्ने मान्यता हुन्छ । खरेल अहिले प्रहरी संगठनमा छैनन् । उनले बढुवाप्रति असन्तुष्टि जनाउँदै डीआईजीबाटै राजीनामा दिएका थिए।
प्रहरी अधिकारीहरुले कुनै दलको नेताभन्दा पनि आफ्नै पूर्वकमाण्डरका रुपमा खरेलप्रति सम्मान प्रकट गरेका हुन् । खरेलले पनि आफ्ना पूर्वसहकर्मीहरुसँग आत्मीयता दर्शाए ।
तस्बिरहरू : उमेश कार्की
Good