प्रेस चौतारीले मनायो स्थापना दिवस (तस्बिरहरु)


काठमाडौं । प्रेस चौतारी नेपालले स्थापना दिवस मनाएकाे छ । आज स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको अवसरमा चाैतारीले दिवस मनाएकाे हाे ।
विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले केन्द्रस्तरसहित विभिन्न जिल्लामा कार्यक्रम तय गरेको छ ।
चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार आजै हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ लगायत पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको नाम घोषणा गरिनेछ ।
आजकै लागि चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा तय गरिएकोमा कोभिड–१९ को तेस्रो लहरका कारण स्थगन गरिएको जनाइएको छ ।
तस्बिरहरू : उमेश कार्की