प्युठान दुर्घटना अपडेटः थप दुईको मृत्यु, सातजनाको सनाखत


रूपन्देही । प्यूठानमा बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा घाइते भएका थप दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान ३ बजेतिर भएको दुर्घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो ।
ग १ ज ५०९३ नम्बरको जीप गौमुखी गाउँपालिका–६ ओखरपाटामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा स्थानीय एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन्। त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन्। लुङका एकजनाको पहिचान हुन सकेको छैन। मृत्यु हुनेहरु गौमुखी गाउँपालिका–६ का स्थानीय हुन्।
राति घटना भएकाले समयमै उद्दार हुन नसकेको स्थानीयले जनाएका छन् ।
दुईजनाको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा ५ जना घाइते भएका छन्।