हुरीले रुख ढल्दा धनुषामा दुई बालबालिकाको मृत्यु

२०७८ माघ २१ गते १४:३२

प्रतिकात्मक तस्बिर ।
जनकपुरधाम । हावाहुरीले रूख ढल्दा धनुषामा एक बालक र एक बालिकाको मृत्यु भएको छ ।
सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा एक बालक र एक बालिकाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्थानीय ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको छ ।
रुख अचानक ढलेपछि बालक र बालिका दुबैको टाउकोमै चोट लागेपछि घटनास्थलमै मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर