प्रधानमन्त्रीले गरे फुटबल प्रशिक्षक अल्मुताइरीलाई नगदसहित सम्मान


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई नगदसहित सम्मानित गरेका छन् ।
गत कात्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार उनलाई नगदसहित सम्मानित गरिएको हो ।
बंगलादेशमा भएको साफ च्याम्पियनसीप फुटबलमा उपविजेता बनेपछि नेपाली राष्ट्रिय टोलीको खेलाडी र प्रशिक्षकलाई सम्मानित गर्ने निर्णय भएको थियो ।
राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अनुसार अल्मुताइरीलाई सम्मान गरीएको हो ।
यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल टोलिका खेलाडी तथा प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरीसकेको छ । सो समयमा अल्मुताइरी नेपालमा नरहेकोले उनलाई आज एक कार्यक्रमकाबीच सम्मान पत्र र नगद पुरस्कार वितरण गरीएको हो ।