टिपर र भ्यान ठोक्किँदा आमाछोराको मृत्यु – Nepal Press

टिपर र भ्यान ठोक्किँदा आमाछोराको मृत्यु

चितवन । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा.११ च ५७८८ नम्बरको मारुती भ्यान विपरीत दिशाबाट गइरहेको लु. २ ख १७०१ नम्बरको टिपरमा ठोक्किँदा भ्यानमा सवार आमाछोराको मृत्यु भएको छ । बिहान करिब साढे ८ बजेको दुर्घटनामा अर्का एक गम्भीर घाइते भएका छन् ।

नारायणगढ-मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका-१ की निशा वली ढुंगाना र ९ वर्षीय छोरा निमेशको मृत्यु भएको हो ।

निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै र निशाको चितवन मेडिकल कलेजमा उपचारकम क्रमम बिहान १०:५५ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका-३ की धीरमाया वलीको अवस्था पनि गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी-१ का राजकुमार ढुंगाना सामान्य घाइते छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर