मोरङ हत्याकाण्डमा बेपत्ता तेस्रो व्यक्तिको शव ललितपुरमा भेटियो – Nepal Press

मोरङ हत्याकाण्डमा बेपत्ता तेस्रो व्यक्तिको शव ललितपुरमा भेटियो

काठमाडौं । मोरङको उखुबारीमा खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्याकाण्डमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको छ ।

पेप्सीकोला बस्ने ६२ वर्षका मोहन लिम्बुको शव ललितपुरको ठेचोमा गाडिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार परिसरको टोली शव भेटिएको जानकारी पाए लगत्तै प्रहरीको टोली शव भेटिएको स्थानतर्फ लागेको छ । यस हत्या प्रकरणमा पक्राउ परेका आरोपी अनिल कुमार मण्डलको बयानको आधारमा प्रहरीले बेपत्ता रहेका लिम्बुको शव पनि फेला पारेको एसपी शाहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *