८ सय ६० म्यानपावर कम्पनीलाई वर्गीकरण गर्न कार्यदल गठन – Nepal Press

८ सय ६० म्यानपावर कम्पनीलाई वर्गीकरण गर्न कार्यदल गठन

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी)लाई वर्गीकरण गर्नका लागि कार्यदल गठन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सुचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव एवम रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा मेनपावर कम्पनीका प्रतिनिधि सदस्य रहेका छन् । कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समुहमा वर्गिकरण गर्न मापदण्ड तथा सुचक तयार गर्नेछ ।

वर्गिकरण गर्दा वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए । बैदेशिक रोजगारलाई ब्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गिकरण गर्न लागिएको मन्त्री श्रेष्ठले बताए । नेपालमा अहिले करिव ८ सय ६० वटा म्यानपावर कम्पनी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *