तत्काल राखेपको बोर्ड बैठक बोलाउन खेलकुदमन्त्रीलाई ११ सदस्यको संयुक्त निवेदन – Nepal Press

तत्काल राखेपको बोर्ड बैठक बोलाउन खेलकुदमन्त्रीलाई ११ सदस्यको संयुक्त निवेदन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक तत्काल बोलाउन ११ सदस्य र दुई जना कार्यकारी बोर्डका सदस्यसहित १३ जनाले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई बिहीबार संयुक्त निवेदन दिएका छन्।

राखेप बोर्डमा युवा तथा खेलकुद मन्त्री अध्यक्ष रहने व्यवस्था छ । सर्वोच्च अदालतको अन्योलपूर्ण आदेशले राखेपमा कार्यकारी प्रमुखको भूमिकामा रहने सदस्यसचिवको पद रिक्त रहेको दुई महिना बित्न लाग्दा उत्पन्न समस्यालाई केन्द्रित गर्दै उनीहरूले बैठक बोलाउन निवेदन दिएका हुन् ।

गत असार २९ गतेका लागि निर्धारित बोर्ड बैठक प्राविधिक कारणले बस्न सकेको थिएन। त्यसयता राखेपको बोर्ड बैठक बसेको छैन। निवेदन दिने दुई जना कार्यकारी बोर्ड सदस्यमा यकेन्द्र बहादुर कुँवर र नन्दा बस्याल छिन्। यसैगरि बोर्ड सदस्यहरुमा रेनुका श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुवर्ण श्रेष्ठ, रिमबहादुर रानाभाट, सुभाष श्रेष्ठ, मानदेव हजारा, पुरेन्द्रविक्रम लाखे, हरि खड्का, चन्द्र बन्दना राई, सुमित्रा चौधरी र राजेश गुरुङ रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *