यूएईबाट काठमाडौं उत्रिएका यात्रुको मलद्वारभित्र एक केजी सुन ! – Nepal Press

यूएईबाट काठमाडौं उत्रिएका यात्रुको मलद्वारभित्र एक केजी सुन !

काठमाडौं । प्रहरीले युएईबाट काठमाडौंमा उत्रिएका एक यात्रुको मलद्वारबाट एक केजी सुन बरामद गरेको छ ।

एयर अरेबियाको विमानबाट बुधबार त्रिभुवन विमानस्थल उत्रिएका सिन्धुपाल्चोकको भोटेकोशीका ३९ वर्षीय दावाछिरिङ शेर्पाले अर्ध ठोस बनाएर सुनलाई मलद्वारमा लुकाएर ल्याएको दाबी प्रहरीले गरेको हो । हिँडाइ असहज देखेपछि प्रहरीले आशंका गरेर शेर्पाको पिछा गरेको थियो ।

प्रहरीका अनुसार सुन खाएर ल्याएको आशंकामा केएमसी अस्पतालमा एक्सरे गरिए पनि त्यसमा केही पनि देखिएन ।

विमानस्थल प्रहरीका अनुसार शेर्पाको साथबाट एक केजी ५५ ग्राम सुन बरामद भएको छ ।

यसैगरी यूएईबाट आएका अन्य दुईजना यात्रुको साथबाट पाँचवटा आइफोन १३ प्रो म्याक्स बरामद भएको पनि प्रहरीले जनाएको छ ।

हिमालय एयरलाइन्सबाट आएका रौतहटका ३२ वर्षीय सुनिल कुमार शाहको साथबाट ४ वटा आइफोन र ५० ग्राम तौलको सुनको बेरुवा औँठी र सिक्री तथा मकवानपुरका २८ वर्षीय नवराज परियारको साथबाट एउटा आईफोन र ५० ग्राम तौलको सुनका दुईवटा बेरुवा औँठी बरामद भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर