बिमस्टेक सम्मेलन चैत १६ गते कोलम्बोमा हुने : देउवाले भर्चुअल वा भौतिकमध्ये कसरी भाग लेलान् ? – Nepal Press

बिमस्टेक सम्मेलन चैत १६ गते कोलम्बोमा हुने : देउवाले भर्चुअल वा भौतिकमध्ये कसरी भाग लेलान् ?

काठमाडौं । अध्यक्ष राष्ट्र श्रीलंकाले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को आगामी सम्मेलन चैत १६ गते आयोजना गर्ने भएको छ ।

श्रीलंकाले भौतिकरुपमै उपस्थित हुने गरी सम्मेलन आयोजना गर्न लागेको हो । तर, हाइव्रिड शैलीमा पनि सम्मेलन हुनसक्ने तयारीबारे छलफल भैरहेको जनाइएको छ ।

सदस्य राष्ट्रहरु सबैलाई सम्मेलनमा उपस्थिती जनाउन बिमस्टेकले निम्तो दिइसकेको छ । जनवरी पहिलो साता भएको नेपाल भ्रमणमा बिमस्टेक महासचिवले प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिइसकेका छन् ।

तर, प्रधानमन्त्री देउवा कोलम्बो मै पुग्छन् वा भर्चुअल सहभागिता जनाउनेछन् भन्ने टुंगो छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भौतिक वा भर्चुअल कुनै रुपमा भाग लिने भन्ने बारे निधो दिएका छैनन् ।

आगामी सम्मेलनमा बिमस्टेक चार्टर पारित गर्नेदेखि यातायात परिवहन तथा अपराध मामिलामा कानूनी सहायता जुटाउने सम्बन्धी केही सहमति जुटाउनुपर्ने एजेन्डा तय गरिएका छन् ।

सात सदस्यीय बहुक्षेत्रीय मंच बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्यान्ड सदस्य छन् । सन् १९९७ मा स्थापना भएको बिमस्टेक २० वर्ष पुरानो संस्था हो । सन् २०१८ मा सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो ।

श्रीलंकाले गतवर्ष नै सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो तर, कोभिड–१९ को तेस्रो लहरले आयोजना हुन सकेन । गत अप्रिलमा बिमस्टेकका विदेश मन्त्रीहरुले भर्चुअलरुपमा सहभागिता जनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर