देउवालाई रामचन्द्रको प्रश्न- एमसीसीबारे तपाईका महामन्त्रीहरुको धारणा के हो ?


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘एमसीसीबारे मन्त्री–महामन्त्रीको धारणा के हो ?’ भनी प्रश्न गरेका छन् ।
हालै बालुवाटारमा भएको भेटका क्रममा सत्तारुढ गठबन्धनका संयोजक समेत रहेका नेता पौडेलले एमसीसीबारे पार्टीका पदाधिकारीहरु किन बोल्दैनन् ? भनी प्रश्न गरेका हुन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको बैठकमा देउवालाई प्रश्न गरेका हुन् ।
नेता पौडेलले एमसीसीबारे जनतामा भ्रमपूर्ण प्रचार भएपनि पार्टी संयन्त्रले आवश्यक प्रतिवाद नगरेकोमा आपत्ति जनाएका हुन् ।
‘तपाई एमसीसी पारित गरौं भन्नुहुन्छ । यसमा तपाईका मन्त्रीहरु किन बोल्दैनन् ? तपाईका उपसभापति र महामन्त्रीहरु किन बोल्दैनन् ? कि उनीहरु कम्युनिष्टका पछाडि छन् ?’, पौडेलको प्रश्न थियो ।
पौडेलले पार्टी एमसीसीको पक्षमा भएपनि पदाधिकारीहरु ‘पपुलर एजेण्डा’को पछाडि कुदेको आरोप समेत लगाए ।
‘तपाईका उपसभापति र महामन्त्रीहरु एमसीसीको पक्षमा छन् कि छैनन् ? तिनले पनि बोल्नुपर्यो नि । कि कम्युनिष्टका पपुलर एजेण्डामा हिड्न छुट हो ?’, पौडेलको आक्रोश थियो ।
पौडेलले सभापतिले एमसीसी पारित गर्नुपर्छ भन्ने पदाधिकारीले केही नबोल्ने छुट नभएको बताए ।
‘कि एमसीसी चाहिन्छ भन्नुपर्यो कि चाहिदैन भन्नुपर्यो । जिब्रो यताउता गरेर हुँदैन । हामीले चै काँध थाप्नुपर्ने तपाईका मन्त्री महामन्त्री चै नबोल्ने ?’, पौडेलले सोधेका थिए ।
उनले एमसीसीबारे भ्रम चिरेर अगाडि बढ्नुपर्ने भन्दै त्यसका लागि पार्टी संयन्त्र मुखरित हुनुपर्नेमा जोड दिएका थिए । ‘परराष्ट्रमन्त्रीको काम विदेश घुम्नेमात्रै हो ? एमसीसीबारे जनतालाई प्रष्ट भन्नुपर्दैन ?’, पौडेलले भनेका थिए ।
उनले एमसीसीमा राष्ट्रघात भयो भनेर गरिएको प्रचार तोड्नुपर्नेमा जोड दिएका थिए । पौडेलको प्रश्नमा सभापति देउवाले खासै प्रतिक्रिया दिएनन् ।
सोही क्रममा पौडेलले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपाललाई पनि एमसीसीबारे भ्रम नफैलाउन चेतावनी दिएका थिए ।
‘मैले नेकपामा झलनथाले बनाएको प्रतिवेदन पनि पढेको छु । यहाँ फेरी कार्यदल बनेको छ त्यसको प्रतिवेदन खै ?’, पौडेलको प्रश्न थियो ।
जवाफमा नेताहरुले ‘अध्ययन भइरहेको’ बताएपछि पौडेलले ‘पहिले अध्ययन गर्ने कि प्रचार ?’ भनेर प्रतिप्रश्न गरेका थिए ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हालै लिपुलेक प्रकरणमा संयुक्त वक्तव्य जारी गरेका थिए ।
एमसीसी प्रकरणमा भने पछिल्लो समय महामन्त्रीद्वयको धारणा सार्वजनिक भइसकेको छैन ।
mcc बिबादास्पद मुद्दा भएकोले सरकारले यसलाई सँसदबाट फिर्ता लिनुपर्छ । राष्ट्रिय एजेन्डामा एकढिक्का भएर अगाडि जानुपर्ने समयमा किन mcc पारित गर्ने हतारिनुपर्ने ? नेपाली जनताको लागि के छ फाइदा ? तपाईंहरू ले गरेको राष्ट्रघाति महाकाली सन्धिबाट नेपाली जनताले केकति फाइदा पायौं ? तपाईंहरु होइन महाकाली सन्धि पछि नेपालमा पस्चिमबाट शुर्य उदाउछ भन्नेहरु ? खै नेपाल ले महाकाली सन्धिबाट नेपाल अरबौ आम्दानी गर्छ भनेर नेपाली जनतालाई झुक्याएर महाकाली सन्धि गर्ने तपाईंहरु होइन र ? त्यो जाबो ४३ अरव रुपैयाँमा किन गोहीका आँसु झार्नुपर्ने ? किन ? अमेरिकी रक्षा मन्त्रालयले mcc परियोजना ips को अभिन्न अंग हो भन्छ । यहाँका नेताहरू होइन कहाँ होला ? के मैले देश बिगारुला र ? भनेर काइते उत्तर दिन्छन् । कुनै पनि हालतमा राष्ट्र राष्ट्रियता मा गम्भीर आँच पुग्ने mcc खारेजी हुनुपर्छ । हाम्रो एकमात्रै सुत्र no mcc . हो । हामी चाहन्छौं नेपाल कसैका दास नबनोस , कसैको गुलाम नबनोस , हामी हाम्रो राष्ट्रियतामा आच आउने राष्ट्रियता गुम्ने सन्धि सम्झौता गर्न यो सरकार र यो सँसदलाई रोक्ने अभियानमा ढृढतापुर्ण तरिकाले उभिन्छौ । हालै अफगानिस्तानबाट लखेटिएका अमेरिकी सेना राख्ने अखडा नेपाल बनाउन दिदैनौ । २०२० तिर खम्पा आन्दोलन पुन उब्जाउने बीउ नेपालमा उम्रन दिदैनौ । कुनै पनि हालतमा mcc खारेजी हुनुपर्छ । सबैले भनौ mcc चाहिदैन , देश बेच्न पाईदैन ।
यी बाजे बहुलाए कि क्या हो ? काँग्रेसले काससको बैठक बोलाएर एउटा साझा धारणा बनाउनु पर्छ पो भन्नू प-थ्यो । तपाईको महामन्त्रीको धारणा के हो भन्नाले बाजे काँग्रेसमा छैन अब ?
MCC नेपालले तयार गरेको परियोजना हो । यो परियोजना पूरा गर्न रकम दिने अमेरिका हो । यो पाँच वर्षमा सक्नु पर्ने परियोजना भएकाले कही कसैले कार्यान्वयनमा अवरोध नगरोस् भनेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखिएको हो । नेपालका माफियाहरु जसले मेलम्ची ३० वर्ष पुर्याए, अपर तामाकोशी लगायतका कैयौं परियोजनालाई बर्षौं धकेलेर १० औं गुणा महंगो बनाए । उच्च पदस्थ कर्मचारी र सरकारका मन्त्रीहरुले मोजमस्ती गरे । MCC मा भने यस्तो माफियाकरण र मोजमस्ती गर्न नपाइने भयो भनेर यति विरोध र राजनितिकरण गरिएको छ । हामी नेपाली तिनै माफियाको हुँइयामा लागेका छौं । हामीलाई चाहिएको समृद्ध नेपाल सुखी नेपाली हो ।