स्थानीय निर्वाचनको दबाबमा युवा संघको राँके जुलुस (तस्बिरहरू) – Nepal Press

स्थानीय निर्वाचनको दबाबमा युवा संघको राँके जुलुस (तस्बिरहरू)

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि दबाब दिँदै युवा संघले प्रदर्शन गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले राँके जुलुस र प्रदर्शन गरेको हो ।

सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते निर्वाचन गर्ने समझदारी भइसकेको छ । तर, औपचारिक निर्णय भने भएको छैन ।

संविधानअनुसार तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने माग राख्दै युवा संघले देशका विभिन्न जिल्लामा निरन्तर प्रदर्शन गर्दै आएको छ ।

तस्बिरहरु: गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर