राष्ट्रियसभाको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न एमालेको निर्देशन – Nepal Press

राष्ट्रियसभाको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न एमालेको निर्देशन

स्थानीय चुनावको दबाबका लागि केन्द्र र सबै प्रदेशमा प्रशिक्षणमुलक कार्यक्रम गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले हालै सम्पन्न भएको राष्ट्रियभसाको निर्वाचनमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

बुधबार बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले जनसंगठनको महाविधेशनलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टीको नियमावली पारित गर्दै फागुनभरी सदस्यस्ता नवीकरण अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रत्येक सदस्यले तिर्ने शुल्कमध्ये केन्द्रमा ४० प्रतिशत, प्रदेश र जिल्लामा २५/२५ प्रदेश र जिल्ला कमिटीमा १० प्रतिशत रहने भएको छ ।

रौतहटको पार्टी विवाद सुल्टाउन संगठन विभागलाई जिम्मेवारी दिने निर्णय भएको पनि गुरुङले जानकारी दिए । स्थानीय तहको चुनावका लागि दबाब दिन केन्द्र र सातवटै प्रदेशमा प्रशिणमुलक कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै नवयुग मासिक पत्रिकालाई पार्टीको सैद्धान्तिक तथा वैचारिक मुखपत्रका रूपमा चौमासिकरूपमा निकाल्ने निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर