केन्द्रीय सुरक्षा समिति बैठक : स्थानीय चुनावको सुरक्षा योजना पेस गर्न प्रहरी र सेनालाई निर्देशन (भिडिओ) – Nepal Press

केन्द्रीय सुरक्षा समिति बैठक : स्थानीय चुनावको सुरक्षा योजना पेस गर्न प्रहरी र सेनालाई निर्देशन (भिडिओ)

काठमाडौं । गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको बताइएको छ ।

समितिले २०७९ जेठ ४ गतेका लागि प्रस्तावित स्थानीय तह निर्वाचनको सुरक्षा योजना पेस गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

समितिको बैठक सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थामा केन्द्रित रहेको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल सहभागी थिए ।

उनीहरूले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने स्रोत साधन र सुरक्षा रणनीतिबारे रिपोर्टिङ गरेका छन् । बैठक करिब २ घण्टा चलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *