प्रधानमन्त्रीको ‘भाषण विज्ञ’ मा गजुरेल नियुक्त – Nepal Press

प्रधानमन्त्रीको ‘भाषण विज्ञ’ मा गजुरेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ मा मङ्गलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रियछन् । उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर