प्रधानमन्त्री कार्यालयका सचिव ढुंगाना अनिवार्य अवकाशमा – Nepal Press

प्रधानमन्त्री कार्यालयका सचिव ढुंगाना अनिवार्य अवकाशमा

काठमाडौँ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले अनिवार्य अवकाश पाएका छन् । विहीबारदेखि अनिवार्य अवकाशमा जाने भए पनि आज सार्वजनिक बिदा परेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो नै बिदाई गरेको हो ।

२०५४ कात्तिक १२ गते शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका ढुंगाना २०६५ चैत १० गते सहसचिव भएका थिए । पूरै सहसचिवकाल उनले अर्थमन्त्रालय र मातहतका निकायमा बिताए ।

२०७३ माघ २० मा सचिवमा बढुवासँगै क्षेत्रीय प्रशासन दीपायल, अर्थमन्त्रालय हुँदै उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आएका हुन् ।

सचिव ढुंगानाले अनिवार्य अवकाश पाएसँगै रिक्त रहेको ठाउँमा सहसचिवहरू मुकुन्दप्रसाद निरौला, विनोदप्रकाश सिंह र गोपिकृष्ण खनाल प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री कार्यालयका सचिव ढुंगाना अनिवार्य अवकाशमा

  1. तथ्याङ्क विभागमा नायव सुब्बा भएको कुरा चाहिँ देखिएन त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर