मन्त्री झाँक्रीले हटाइन् धोबीखोला आसपासका निर्माण सामग्री (तस्बिर/भिडिओ) – Nepal Press

मन्त्री झाँक्रीले हटाइन् धोबीखोला आसपासका निर्माण सामग्री (तस्बिर/भिडिओ)

काठमाडौं । सरकारले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाएको छ । ती सामान हटाउन शहरी विकास मन्त्री रामकुमारी झाँक्री स्थलगत अनुगमनमा पुगेकी थिइन् ।

धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक छेकेरै जथाभावी निर्माण सामग्री राखेका थिए । मन्त्रीको निर्देशनमा डोजर लगाएरै ती सामग्री हटाइएको छ । स्थलगत अनुगमनका क्रममा सरकारी अधिकारीले पुन: सामान राखे जरिबाना गर्ने चेतावनी दिए । फुटपाथका पसल पनि हटाउन निर्देशन दिइएको थियो ।

करिडोरको सडक आसपास इँटा, प्लाष्टिक ट्यांकी, बालुवा, रडलगायतका सामान राखिएको थियो । मन्त्रीले सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण नसहने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर