स्थानीय तह चुनावको दबाब दिँदै अनेरास्ववियुको सडक बहस (तस्बिरहरू) – Nepal Press

स्थानीय तह चुनावको दबाब दिँदै अनेरास्ववियुको सडक बहस (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले स्थानीय तहको निर्वाचन छिटो गर्न दबाब सिर्जना गर्न सडक बहस गरेको छ । मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा प्रर्दशनिमार्गस्थित नेपाल ल क्याम्पसअगाडि सडक बहस कार्यक्रम गरिएको हो ।

‘स्थानीय तहको निर्वाचन तुरुन्त गर । संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने मुल नाराको साथमा बहस गरिएको छ ।

बहसमा एमाले निर्वाचन आयोग सदस्यसमेत रहेका अधिवक्ता बाबुराम दाहाल, नेपाल बारका पूर्वमहासचिव सुनिलकुमार पोखरेल, बारका कोषाध्यक्ष रुद्र पोखरेल, नेपाल नगरपालिका संघ अध्यक्ष अशोक व्यञ्जुलगायत सहभागी थिए । वक्ताहरूले तत्काल मिति घोषणा गरेर समयमा चुनाव गराउन सरकारमाथि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर