सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी पक्राउ परेपछि मानव अधिकार एलाइन्सको विरोध – Nepal Press

सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी पक्राउ परेपछि मानव अधिकार एलाइन्सको विरोध

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीसहित १४ जना अभियानकर्मी पक्राउ परेको घटनाप्रति मानव अधिकार एलाइन्सले विरोध जनाएको छ ।

सामुदायिक वनको अधिकार कटौती गर्न लागेको भन्दै विरोध प्रदर्शनमा उत्रेका पदाधिकारी र अभियानकर्मीहरुलाई पक्राउ गरेपछि एलाइन्सले विरोध जनाएको हो ।

जनस्वास्थ्यका मापदण्डहरुलाई ध्यानमा राख्दै पूर्व सूचना अनुसार धर्ना र प्रदर्शन हुँदै आएको स्मरण गराउँदै उनले शान्तिपूर्ण धर्नामा रहेको समूहमाथि बल प्रयोग गरी पक्राउ गर्नुपर्ने असंवैधानिक र निन्दनीय कार्य भएको ठहर मानवअधिकार एलाइन्सले गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघको अगुवाइमा बबरमहलस्थित वन परिसरमा प्रदर्शन गरिएको थियो ।

एलाइन्सका अध्यक्ष मिन बहादुर शाहीले समुदायको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन निमावली २०७८ को मसौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर र वन पैदावार सदुपयोगमा लगाइएको प्रतिवन्धको विरुद्धमा वनअधिकार कर्मीहरुले माघ महिनाभर दोस्रो चरणको आन्दोलन गरिरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर