दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ पैसाले बढ्याे

२०७८ माघ १७ गते २१:१८

काठमाडौं । सरकारले दूधको समर्थनमूल्य ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ रुपैयाँले वृद्धि गरी ५६ रुपैयाँ चार पैसा प्रतिलिटर कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयकी सचिव निरु दाहालले नेपाल प्रेससँग भनिन्, ‘मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेकाे थियाे । उक्त प्रस्ताव पास भएकाे छ ।’
यस अघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ रुपैयाँ थियो । उपभोक्ताले प्रयोग गर्ने प्रशोधित दूधको मूल्य भने दुग्ध विकास संस्थानले तोक्दै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर