मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२०७८ माघ १७ गते २०:१३

कैलाली । मोटरसाकल दुर्घटना एक जनाको मृत्यु भएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका ८ स्थित जिमुवामा मोटरसाइकल दुर्घटना हुदा १८ वर्षीय चलाक राजेश बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा रहेका बमलाई उपचारका लागि लगिएपनि अस्पतालले मृत घोषित गरेको थियो ।
दुर्घटनामा १९ वर्षीय पुष्कर बम घाइते भएका छन् । उनलाई कञ्चनपुरस्थित महाकाली अस्पतालबाट थप उपचारको लागी धनगढी रेफर गरिएको छ ।
सुप प्र ०२–००३प ८९३८नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोकिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर शाहीले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर