नेपाल इको प्यानलको ब्राण्ड एम्बासडरमा पासाङकाजी शेर्पा


काठमाडौं । नेपाल इको प्यानलको ब्राण्ड एम्बासडरमा स्वतन्त्र हिमाल मार्गनिर्देशक (फ्रिलायन्स माउण्टेन गाइड) पासाङकाजी शेर्पा (पिके शेर्पा) नियुक्त भएका छन् ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले हिमाल आरोही पिके शेर्पालाई एक समारोहबीच ब्राण्ड एम्बासडर नियुक्ति गरेका हुन् ।
नेपालमै बनेको नेपाल इको प्यानल वातावरणमैत्री भएकोले यसको प्रयोगबाट वातावरण जोगाउन सहयोग पुग्ने सन्देश दिन हिमाल आरोही पिके शेर्पालाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको सीईओ ईन्जिनियर दुवालले बताए ।
साथै नेपाल इको प्यानल हिमाल, पहाड अनि तराई सबैतिर उत्तिकै उपयोगी भन्ने सन्देश दिन पनि हिमाल आरोही शेर्पालाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको सीईओ इन्जिनियर दुवालले बताए ।
पिके शेर्पाले ६ पटक सगरमाथा लगायत केटु हिमालको सफल आरोहण गरिसकेका छन् । उनी हिमाल आरोहण गर्नेहरुका लागि स्वतन्त्र गाइडको भूमिकामा छन् ।
दुई पक्षबीच भएको सम्झौतामा नेपाल इको प्यानलले पिके शेर्पालाई सगरमाथा आरोहणमा सहयोग गर्ने र शेर्पाले सगरमाथा आरोहणको क्रममा नेपाल इको प्यानलको झण्डा सगरमाथामा फहराउन लाने जनाइएको छ ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो ।
वातावरणमैत्री यो निर्माण सामाग्री हलुका, भूकम्पप्रतिरोधी, अग्नीप्रतिरोधकलगायतका विशेषताका कारण पछिल्लो समय लोकप्रिय छ ।