पर्यटन बोर्डको छानबिन समितिले प्रतिवेदन बुझायो, सीईओ रेग्मीबाट अनियमितता भएको ठहर


काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेसमक्ष बुझाएको छ ।
बोर्डका उपाध्यक्ष चन्द्र रिजाल संयोजकत्वमा गठित समितिले बोर्डका सीईओ रेग्मीले बोर्ड बैठक बोलाउन नमानेपछि सचिव न्यौपानेलाई प्रतिवेदन बुझाएको हो ।
सीईओ रेग्मीमाथि भन्सार ऐनविपरीत अवैध सामान ल्याएर भन्सार कर्मचारीमाथि दुर्व्यवहार गरेको तथा अन्य आर्थिक अनियमितताको आरोप लागेपछि बोर्डले छानबिन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल र बोर्डका सदस्य ङावा ङिमा शेर्पा सदस्य थिए ।
यो पनि पढ्नुहोस्ः के गर्दैछ पर्यटन बोर्डको छानविन समिति रु कस्ता छन् रेग्मीमाथिका आरोप ?
समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।
स्रोतका अनुसार छानबिनका क्रममा पर्यटन बोर्डका धेरै योजना र कार्यक्रममा सीइओ रेग्मीबाट बोर्डको प्रचलित ऐनविपरीत आर्थिक अनियमितता भएको देखिएको छ ।
समितिले सीईओ रेग्मीले त्रिभुवन विमानस्थलबाट अवैधरूपमा सुन चोरी पैठारी गरेको तथा भन्सार कर्मचारीमाथि दुर्व्यवहार गरेको प्रमाणहरु समेत प्रतिवेदनमा संलग्न गरेको छ ।
समितिले सीईओ रेग्मीमाथि कानूनबमोजिम कारबाही हुनुपर्ने सुझाव दिएको छ ।
नियाेजित समितिकाे प्रतिवेदनकाे के अर्थ ? अहिले समिति बनाएर लुम्बिनीमा आलेले दिनलागेकाे ठेक्काकाे केशमा छानबिन गर्नु आले सिधै दाेषी देखिन्छन् ।