दीपशिखा भन्छन्- गठबन्धन सत्ता समीकरणका लागि हो, माओवादी आफ्नै ताकतमा उभिन्छ (भिडिओ) – Nepal Press

दीपशिखा भन्छन्- गठबन्धन सत्ता समीकरणका लागि हो, माओवादी आफ्नै ताकतमा उभिन्छ (भिडिओ)

‘हामी पहिलो हुनका लागि संघर्ष गर्छौं, अन्तिम योजना भनेको जसरी पनि दोस्रो हुने हो’

काठमाडौं । सत्ता गठबन्धनको एक मुख्य घटक नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ पछिल्लो समय माओवादी पार्टी अरुको भर नपरी आफ्नै बलमा उभिनुपर्ने आवाज उठाउने कमै नेतामा पर्छन् ।

आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य समेत बनेका दिपशिखा रणनीतिक लाभका लागि गठबन्धन ठिक भए पनि यसबाट पार्टी निर्माण नहुने मत राख्छन् ।

माओवादीका कुनै पनि नेताले सार्वजनिकरुपमा गठबन्धनप्रतिकुल हुने धारणा पाइँदैन । तर, माओवादीको युवा संगठनको नेतृत्व गर्ने दिपशिखा भने गठबन्धन भन्दा पनि पार्टी निर्माणलाई जोड दिने कुरा किन गरिरहेका छन् ? यी र यस्तै विषयमा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टकमाः

तपाईंले गठबन्धन भन्दा पनि माओवादीले आफ्ने खुट्टामा टेक्नुपर्छ भन्ने आशय व्यक्त गरिरहनु भएको छ । यसको तात्पर्य के हो ?

नेकपा (माओवादी केन्द्र)ले आठौं महाधिवेशनबाट नयाँ पार्टी बनाउने संकल्प गर्‍यो। त्यसमा केन्द्रित रहेका मेरा दुईवटा स्ट्याटस हुन् । पहिलो, गठबन्धनको मात्रै बुइ चढेर आफ्नो लक्ष्यमा पुग्न सकिन्न तर गठबन्धन केही पनि होइन भन्ने कुरा पनि होइन । गठन्धनले सत्ता समीकरणमा काफी काम गर्छ तर पार्टी निर्माणमा गठबन्धनले काम गर्दैन । यो गठबन्धन जाँदासम्म ठिकै छ, नत्र हामी आफ्नै तागत र आफ्नै खुट्टामा उभिनुपर्छ ।

दोस्रो कुरा, क्रान्तिकारी पार्टी निर्माणमा गर्ने हो र हिजोको जस्तै पार्टी बनाउने हो भने हामीलाई विकेन्द्रिकरण हुने छुट छैन् । केन्द्रिकृत रुपमा अध्यक्ष प्रचण्डको नेतृत्वमा सामूहिक नेतृत्व प्रणालीसहित अगाडि बढ्नुपर्छ । तव मात्रै हामी निकट भविष्यमा आउँदै गरेको चुनावमा अब्बल सावित हुन सक्छौं । र, एक ढंगले क्रान्तिकारी पार्टी पनि निर्माण हुनसक्छ ।

तपाईंले नै भनेका कुरा माओवादी अरु नेताहरुले सार्वजनिक रुपमा भनेको सुन्न खासै पाइँदैन । तपाईंले यो कुरा राख्नुको अर्थ आफ्नै खुट्टामा उभिने कुरा प्राथमिकतामा पुगेन भन्ने भन्ने हो ?

मैले अघि पनि भने गठबन्धनले सत्ता समीकरणमा फरक पार्ला तर पार्टी निर्माण गर्दैन । किनभने यसबाट आफ्नै बल र शक्ति आर्जन हुँदैन । त्यस अर्थमा नेकपा (माओवादी केन्द्र)को पछिल्लो पार्टी सदस्य संख्याका हिसाबले पनि माओवादी केन्द्रको आशा लाग्दो गरि पार्टी निर्माणको प्रक्रिया शुरु भएको छ । ध्यान त्यहीँ केन्द्रित गर्नुपर्छ, सत्ता गठबन्धनको खेलमा धेरै लाग्नुहुँदैन ।

माओवादी सकिन्छ, टर्च बाल्नुपर्छ र गुगलमा खोज्नुपर्छ आदीइत्यादी भन्ने खालका टिकाटिप्पणी पनि आइरहेका छन् । तर, म के भन्छु भने माओवादी सकिदैन । हामी पहिलो हुनका लागि संघर्ष गर्छौं। हाम्रो अन्तिम योजना भनेको जसरी पनि दोस्रो हुने हो ।

प्रचण्डले पनि सर्वोच्चले नेकपा विभाजित गराइदिएपछिका एकाध सभाहरुमा अब माओवादीलाई आफ्नै खुट्टामा उभ्याउने कुरा गर्नु भएको थियो । महाधिवेशनमा प्रचण्ड त्यो ‘स्प्रीट’मा पेस हुनु भएन ?

उहाँले पेस गर्नुभएको दस्तावेज पनि त्यो रुपमा पेस भएको छ । ठूला पार्टीहरु नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादीले गरेका महाधिवेशनमा तुलनात्मक भिन्ता खोज्नुहुन्छ भने राजनीति, विचारधारा र कार्यदिशामा छलफल भएको माओवादी केन्द्रकै महाधिवेशन हो । अरु दुईवटा पार्टी नेतृत्व निर्माण वा छानोटमा मात्रै केन्द्रित भए । हामीले राजनीतिक छलफल गर्‍यौं । कार्यदिशा र विचारमाथि छलफल गर्‍यौं । आफ्नो समीक्षा पनि गर्‍यौं । त्यो आत्मसमीक्षाबाट निष्केको निचोड र हामीले अबलम्बन गर्ने कार्यनीतिकै आधारमा मैले पार्टी निर्माणमा जोड गर्नुपर्छ भनेको हो ।

म अहिले पनि बाहिर के सुन्छु भने चुनाव भयो भने माओवादी केन्द्रको संसदमा उपस्थिति झिनो हुन्छ । अर्थात माओवादी सकिन्छ, टर्च बाल्नुपर्छ र गुगलमा खोज्नुपर्छ आदीइत्यादी भन्ने खालका टिकाटिप्पणी पनि आइरहेका छन् । तर, म के भन्छु भने माओवादी सकिदैन । हामी पहिलो हुनका लागि संघर्ष गर्छौं। हाम्रो अन्तिम योजना भनेको जसरी पनि दोस्रो हुने हो ।

पार्टी सदस्य संख्याकै हिसाबले कुरा गर्ने हो भने पनि नेपाली कांग्रेससँग करिब १० लाख हाराहारी, एमालेसँग आठ लाख हाराहारी र माओवादी केन्द्रको आठ लाख हाराहारी हो । त्यसबाट पनि कमजोर छैनौं भन्ने देखिन्छ ।

यदि माओवादीसँग गठबन्धन भएको थिएन भने एमालेको हालत के हुन्थ्यो त ? करिब–करिब ४५ देखि ५० सिट चार/पाँच हजारको मतान्तरले मात्रै जितिएको छ । यदि गठबन्धन थिएन भने त्यो सिट कहाँ जान्थ्यो ?

२०६४ मा माओवादी सबैभन्दा ठूलो दल थियो । ०७० मा कमजोर हुनुभयो । ०७४ मा गठबन्धन गर्दा पनि खासै शक्ति बढ्न सकेन । त्यहाँदेखि यहाँसम्म आउँदा माओवादी जसरी कमजोर भयो, त्यसबारे निर्मम समीक्षा हुनुपर्ने होइन र ?

पहिलो कुरा, हामीले महाधिवेशनमा निर्मम ढंगले समीक्षा गर्‍यौं । हाम्रा नेताको कमजोरी कहाँ भयो भन्ने पनि गंभीर समीक्षा गर्‍यौं । दोस्रो कुरा, अहिले बाहिर अघिल्लो चुनावमा गठबन्धन थिएन भने माओवादी नराम्रोसँग पराजित हुन्थ्यो, माओवादी सकिन्थ्यो भन्ने सुनिन्छ । यो चाहिँ गठबन्धन गरेका दुवैतिर लागू हुने कुरा हो ।

यदि माओवादीसँग गठबन्धन भएको थिएन भने एमालेको हालत के हुन्थ्यो त ? करिब–करिब ४५ देखि ५० सिट चार/पाँच हजारको मतान्तरले मात्रै जितिएको छ । यदि गठबन्धन थिएन भने त्यो सिट कहाँ जान्थ्यो ? गठबन्धनमार्फत हाम्रा उम्मेदवार नै कम उठाएका थियौं । त्यसकारण यस्तो टिप्पणी नै गलत हो ।

सापेक्षितरुपमा हेर्दा २०७४ को गठबन्धनले माओवादीलाई लाभ मात्रै मिल्यो कि हानी पनि भयो ?

गठबन्धनको ध्येय पार्टी एकता थियो । कम्युनिष्ट आन्दोलनलाई मुलप्रभाहमा लैजाने कुरामा केन्द्रित थियो । मुलरुपमा यो सकरात्मक थियो । ठिक थियो । तर, परिणाम अर्कैतिर गयो । पार्टी एकीकरण ठिक ढंगले हुनसकेन ।

गठबन्धनले समानुपातिकतर्फ माओवादीलाई घाटा लाग्यो । प्रत्यक्षतर्फ हेर्ने हो भने माओवादीलाई ठिकै भयो । प्रत्यक्षतर्फ केही सिट अलि सुविधाजनक ढंगले जितियो । सामानुपातिकतर्फ हाम्रो मत माइनस भयो । तीन लाख हाराहारीमा हाम्रो समानुपातिकतर्फको मत माइनस भएको छ । त्यहाँ हाम्रो उम्मेदवार नभएकाले पनि त्यस्तो भएको हो ।

हाम्रो मुलुकको पहिलो हुने पार्टीको मत ३० लाख हो ।अनि तेस्रो हुने पार्टीको मत १५ लाख हाराहारी हो । त्यसैले यो जोक होइन । हामी एकपटक फरक्क फर्केर जनसमुदायको बीचमा गए पुग्छ । धेरै टाढा जानै पर्दैन, हामी हिजो हामीसँगै उभिएका, लडाइँ लड्दा सँगै भएका परिवारसम्म पुग्नुपुर्‍यो । हामीसँगै लड्ने योद्धाहरु थिए, त्यहाँसम्म पुग्नुपर्‍यो । बेपत्ता, घाइते, आपाङ्ग र घाइतेका परिवारमा हामी एकपट फर्केर यो राजनीति अलिअलि जानिएन, अलिअलि मानिएन भनेर जाने हो भने हाम्रो स्थिति सुदृढ हुन्छ ।

गठबन्धनले समानुपातिकतर्फ माओवादीलाई घाटा लाग्यो । प्रत्यक्षतर्फ हेर्ने हो भने माओवादीलाई ठिकै भयो । प्रत्यक्षतर्फ केही सिट अलि सुविधाजनक ढंगले जितियो । सामानुपातिकतर्फ हाम्रो मत माइनस भयो । तीन लाख हाराहारीमा हाम्रो समानुपातिकतर्फको मत माइनस भएको छ ।

सुदृढ हुँदाखेरी पाँच/सात लाख मत बढाउँछौं । त्यो भनेको समानुपातिकतर्फ हाम्रा पाँच/दश सिट थपिन्छन् । प्रत्यक्षतर्फ पाँच/सात सिट थपिन्छन् । त्यसो हुँदा त्रिपक्षीय भिडन्त हुने हो ।

यो भनेको गठबन्धन बनाएर जाँदा कि एक्लै ?

गठबन्धबारे भुइँको विश्लेषण छैन् । अलि बढी कोरा टाइपको विश्लेषण छ । गठबन्धन सबैले गर्छन् । एमालेले पनि गठबन्धन गर्छ, कांग्रेसले पनि गठबन्धन गर्छ । देशव्यापी गठबन्धन न होला तर निश्चित सिटमा सबैले गठबन्धन गर्छन् । नेपालको राजनीति नै अब त्यो ठाउँमा पुग्यो ।

अघिल्लो गठबन्धनबाट केही लाभ त भयो होला तर माओवादी केन्द्र एक रहन त सकेन । त्यो हिसाबले त घाटा नै भएको देखियो नि ?

। नेपालमा एकीकृत हुन लागेको वामपन्थी शक्तिको क्षयीकरणमा खासगरी केपी शर्मा अ‍ोलीले भूमिका खेल्नुभयो । उहाँको एकलकाटे प्रवृत्तिले सकरात्मक सोचलाई नकरात्मक बनायो । पार्टी नै फुटेर तीनवटा भयो । यसको सम्पूर्ण जस, अपजस केपी ओलीले नै लिनुपर्छ ।

हामी हिजो हामीसँगै उभिएका, लडाइँ लड्दा सँगै भएका परिवारसम्म पुग्नुपर्‍यो । हामीसँगै लड्ने योद्धाहरु थिए, त्यहाँसम्म पुग्नुपर्‍यो । बेपत्ता, घाइते, आपाङ्ग र घाइतेका परिवारमा हामी एकपट फर्केर यो राजनीति अलिअलि जानिएन, अलिअलि मानिएन भनेर जाने हो भने हाम्रो स्थिति सुदृढ हुन्छ ।

यसमा प्रचण्डको कदम जिम्मेवार थिएन ?

प्रचण्डले केपी ओलीलाई बुझ्ने कुरामा कमजोरी गर्नुभयो कि जस्तो लाग्छ । एकीकरणको जो प्रयास थियो, त्यो कमजोरी थिएन । दुई ठूला कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने कुरा नकरात्मक थिएन ।

कार्यशैलीका हिसाबले प्रचण्ड त लचक नै थिए। केपी शर्मा ओलीलाई पाँच वर्ष तपाईं नै चलाउनुहोस् भनेको छ । एउटा अध्यक्ष हुँदा पनि ठिकै छ भनेको छ । प्रचण्ड त्यति सहनशिल नेता हो जस्तो लाग्दैन्थ्यो, नेकपाकालीन पालामा उहाँले निकै सहनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर