कोरोनाविरुद्ध ‘बुस्टर डोज’ (हेर्नुस् १६ तस्बिर) – Nepal Press

कोरोनाविरुद्ध ‘बुस्टर डोज’ (हेर्नुस् १६ तस्बिर)

काठमाडौं । सरकारले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउन सुरु गरेको छ । खोपको दुबै मात्रा पूरा गरेका नागरिकलाई सरकारले आइतबारबाट बुस्टर डोज दिन सुरु गरेको हो ।

राष्ट्रिय खोप समितिको सल्लाहअनुसार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले भेरोसेल खोप लगायतका खोपको दुबै मात्रा लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेको थियो । सोही अनुसार अभियान सुरु भएको हो ।

जिल्ला खोप समितिले पहिलो र दोस्रो मात्रा लगाई ६ महिना पुरा भएका नागरिकलाई आजदेखि बुस्टर दिन थालेको छ । राजधानी लगायत देशका विभिन्न खोपकेन्द्रबाट बुस्टर डोज लिनेहरुको भिड लागेको छ । काठमाडौंको कपन केन्द्रमा देखिएको केही तस्बिरहरु :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर