१० वर्षीया बालिका अपहरण गरी हत्या गर्ने सार्वजनिक – Nepal Press

१० वर्षीया बालिका अपहरण गरी हत्या गर्ने सार्वजनिक

जनकपुरधाम । अपहरणपश्चात बालिका हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का मोती पटेल भन्ने मोतीलालप्रसाद कुर्मी छन् । कुर्मीलाई वीरगञ्ज महानगरपालिका- १६ ईनर्वास्थित नेपाल-भारत सीमा क्षेत्रबाट माघ २ मै पक्राउ गरेका प्रहरीले आज सार्वजनिक गरेको हो ।

पौष २४ मा वीरगञ्ज महानगरपालिका-१६ का सरोज महतो कुश्वाहाकी १० वर्षीया छोरी रिजवाना महतोको हत्या भएको थियो । बलात्कारको घटना लुकाउन कुर्मीले बालिका महतोको हत्या भएको अनुसन्धानबाट खुलेकाले उनलाई पक्राउ गरी अपहरण तथा कर्तव्य ज्यान मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

बालिका भिष्वामा डेरा गरी परिवारसँगै बस्दै आएका थिए । बलात्कार खुल्ने डरले बालिकालाई अपहरण गरेको र टाउकोमा टुंगा प्रहार गरी कुर्मीले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *