स्थानीय तह निर्वाचन घोषणाको माग गर्दै युवा संघको प्रदर्शन – Nepal Press

स्थानीय तह निर्वाचन घोषणाको माग गर्दै युवा संघको प्रदर्शन

जनकपुरधाम । सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न आलटाल गरेको भन्दै युवा संघले प्रदर्शन गरेको छ ।

युवा संघ सिरहाले आज गोलबजारमा निर्वाचनको माग गर्दै संघीय सरकारविरूद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘स्थानीय तहको चुनाव मिति घोषणा गर, अराजक मन्त्रीलाई बर्खास्त गर, किसानलाई समयमा मलखाद उपलब्ध गर’ जस्ता नारा लगाएका छन् ।

संघका सिरहा संयोजक जयप्रकाश शर्माको नेतृत्वमा गरिएको प्रदर्शनमा एमालेका हजारौं नेता कार्यकर्ता सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर