चुनावमा गठबन्धन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ, अब वैशाखमै भए पनि सामना गर्छौं- नेपाल (भिडिओ) – Nepal Press

चुनावमा गठबन्धन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ, अब वैशाखमै भए पनि सामना गर्छौं- नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन् ।

राजधानीमा आयोजित नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु चुनावबाट भाग्न खोजेको नभइ जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको बताएका हुन् । तर उनले चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम हुनपर्नेमा जोड दिए ।

एमालेले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने– हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरुले अनेक भ्रम छरिरहेका छन् ।

उनले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गरे । शनिबार गठबन्धनको बैठकमा सहभागी कांग्रेस नेताहरुले गठबन्धन निर्वाचनसम्म नै कायम रहने आश्वासन दिएको र प्रधानमन्त्री शेरबहादुर देउवासमेत त्यसमा सकारात्मक रहेको बताए ।


प्रतिक्रिया

2 thoughts on “चुनावमा गठबन्धन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ, अब वैशाखमै भए पनि सामना गर्छौं- नेपाल (भिडिओ)

  1. काँग्रेसको आश्वासनको भर पर्नु पर्ने। नत्र समापत? कठै!

  2. दिन सकिएकै हो त??? काङ्ग्रेस को साथ मा नै कति टिक्ला र खै??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर