रात्रीकालिन व्यवसाय सञ्चालनको अनुमति दिन सरकारसँग आग्रह – Nepal Press

रात्रीकालिन व्यवसाय सञ्चालनको अनुमति दिन सरकारसँग आग्रह

काठमाडौं । रात्रीकालिन व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेका छन् ।

व्यवसाय सञ्चालनका लागि एकहप्ते अल्टिमेटम दिँदै उनीहरुले नभए लाखौंलाई सडकमा उतार्ने चेतावनी समेत दिएका छन् ।

शुक्रबार रिपोर्टस क्लबमा भएको साक्षत्कारमा व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।

दरबारमार्ग व्यवसायी संघ (किङ्स लाउन्ज)का संयोजक कुमार गुरुङले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न नदिए आफूहरु लाखौंको संख्यामा एकसाथ सडकमा उत्रने चेतावनी दिए ।

गुरुङले रात्रिकालिन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्ने र सबैभन्दा पछि खोलिने गरिएको भन्दै असन्तुष्टि पोखे ।

कुनै आधार नभई व्यवसाय बन्द गरिएकोमा आफूहरुको आपत्ति रहेको उल्लेख गर्दै उनले भने, ‘यो पेशाको आधारमा मात्रै कतिलाई कोरोना सर्यो र यो व्यवसाय बन्द गर्दा कति कोराना घट्यो ? त्यसको कुनै डाटा छैन् बिना आधार हाम्रो व्यवसाय बन्द गरिदैछ ।’

कानुनी राज्य भएको देशमा सबै पेशा व्यवसायको सुरक्षित र व्यवस्थित हुनुपर्नेमा उनले जोड दिए ।

दोहोरी व्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकिालिन व्यवसाय बन्द हुँदा कामदाहरुले धमाधम आत्महत्या गरिरहेको बताए । आफूहरुका लागि अब संघर्षमा उत्रनुको विकल्प नभएको बताए ।

उनले भने, ‘कोरोना पहिलो र दोस्रो भेरियन्टको समयमा २ सय ५० जना भन्दा बढी कामदारले आत्महत्या गरिसके ।’ सरकारले विना अध्ययन नै यो व्यवसायलाई बन्द गराउँदा संचालक मात्र नभएर त्यहाँ कार्यरत श्रमिकहरुको समेत बिजोग भएको बताए ।

अर्का व्यवसायी केशर बहादुर बुढाथोकीले अन्य पेशा व्यवसाय भन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रिकालिन व्यवसाय भएको बताए । उनले युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन नेपालमै रोजगारी श्रुजना गरेको तर राज्यले आफूहरुलाई बर्बादीमा धकेलेको सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर