यी २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित – Nepal Press

यी २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

काठमाडौं । मन्त्रालयका अनुसार देशभर २० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । जसमा मोरङ, सुन्सरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन,मक्वन्पुर, काभ्रेपलाञ्चोक,नुवाकोट, कास्की, नवलपरासी, तनहुँ, रुपन्देही, बाँके, दाङ, कैलाली रहेका छन् ।

यी १८ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन् । जसमा पर्सा, बारा, महत्तोरी, सर्लाही, रौतहट, धदिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोर्खा, स्याङ्जा, बाग्लुङ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी, सुर्खेत, कंचनपुर छन् ।

पछिल्लो २४ घण्टामा शुक्रबार काठमाडौं उपत्यकाका २ हजार ९४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे छ । जसमध्ये काठमाडौंमा २१५३ जना, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेकामा काठमाडौंमा मात्रै ३८ हजार २२ जना रहेका छन् । यस्तै ललितपुरमा १० हजार ३१९ तथा भक्तपुरमा ५ हजार ६९४ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर भने ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर