प्रिज्मा-प्रिन्सीसँग टाढिएपछि समारिका-स्मारिकासँग बलेको टिमअप – Nepal Press

प्रिज्मा-प्रिन्सीसँग टाढिएपछि समारिका-स्मारिकासँग बलेको टिमअप

काठमाडौं । मोडल तथा कलाकार सागर लम्साल बले पछिल्लो समय चर्चाको केन्द्रमा छन् । जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडासँग उनको सम्बन्धमा दरार आएको धेरै भएको छैन ।

प्रिज्मासँग त उनको ब्रेकअप नै भयो । बिहेमा कुरा नमिल्दा प्रिज्मा र बलेको सम्बन्धमा दरार आएको बताइन्छ । बलेको विहेको प्रस्ताव प्रिज्माले नमानेपछि यी दुई अलग भएका थिए ।

अलग भएसँगै उनीहरुले व्यवसायिक सहकार्य पनि तोडेका छन् । कुनैबेला साथीभन्दा माथिको सम्बन्ध भएको बताउने प्रिज्मा र बले अहिले एकअर्कालाई नकार्ने अवस्थामा छन् ।

यस्तोमा, प्रिज्मा र प्रिन्सीसँगको सम्बन्धको अध्याय सकिएपनि बलेको नाम अहिले अर्को एक जुम्ल्याहा दिदीबहिनी जोडी समारिक र स्मारिकासँग जोडिएको छ । यी ट्वीनसँग बलेले नयाँ म्युजिक भिडिओमा समेत काम गरिसकेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बले, समारिका र स्मारिक सँगै देखिए । बलेले आफ्नै गाडीमा राखेर ती ट्वीन सिस्टर्सलाई सँगै प्रेसमिटमा लगेका थिए ।

मिडियाले प्रिन्सी प्रिज्माको नामसँग जोडेर बलेलाई प्रश्न तेस्र्याए पनि उनले प्रश्न छल्ने प्रयास गरे । प्रिन्सी प्रिज्मालाई ‘देखाउनै’को लागि भएपनि बलेले नयाँ ट्वीन जोडीसँग सहकार्य तोडेको बुझ्न कठिन छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *