चार वटा मुद्दामा दोषी ठहर भएर फरार रहेका कार्की पक्राउ – Nepal Press

चार वटा मुद्दामा दोषी ठहर भएर फरार रहेका कार्की पक्राउ

काठमाडौं । विभिन्न चारवटा मुद्दामा दोषी ठहर भएर फरार रहेका विष्णुबहादुर कार्कीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

बाजुराको बुढिनन्दा नगरपालिका—१ स्थायी घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका ४४ वर्षीय कार्कीविरुद्ध तीनवटा बैंकिङ कसुर र एउटा वैदेशिक रोजगारी मुद्दामा दोषि ठहर भएका छन् ।

बैंकिङ कसुर मुद्धामा काठमाडौं जिल्ला अदालतले एक वर्ष कैद र एक लाख ५९ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सोही अदालतले वैदेशिक रोजगार सम्बन्धी मुद्दामा ३ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना र उच्च अदालत पाटनले वैदेशिक कसुर मुद्दामा ७ दिन कैद र २७ लाख रुपैयाँ जरिवाना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर