सिंहदरबारमा माओवादी सरकार संयन्त्रको बैठक, मन्त्रीहरूको ‘प्रगति रिपोर्ट’ बुझ्दै प्रचण्ड – Nepal Press

सिंहदरबारमा माओवादी सरकार संयन्त्रको बैठक, मन्त्रीहरूको ‘प्रगति रिपोर्ट’ बुझ्दै प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सरकार सञ्चालन संयन्त्रको बैठक सिंहदरबारमा सुरु भएको छ ।

माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।

प्रचण्डको निजी सचिवालयका अनुसार बैठकमा संयन्त्रका सचिव हरिबोल गजुरेल र सदस्यका रुपमा नेपाल सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री र राज्यमन्त्री सहभागि छन् ।

‘सरकारको कामलाई प्रभावकारी बनाउन र आफूले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ बढी जनमुखी बनाउने विषयमा छलफल केन्द्रीत रहेको छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘अध्यक्ष कमरेडद्वारा माथि उल्लेखित विषयमा मन्त्रीज्युहरुको रिपोर्ट सुन्ने र दिशानिर्देश गर्ने काम भैरहेको छ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारकारमा माओवादीका तर्फबाट ५ मन्त्री र एक राज्यमन्त्री छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर