बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त – Nepal Press

बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बेलायतले गतसाता आचार्यको एग्रिमो स्वीकृत गरेको थियो । तर, उनीसँगै गत कात्तिकमा प्रस्ताव गरिएका राजदूतहरु डा. शंकर शर्मा र श्रीधर खत्रीको एग्रिमो चाहिँ आइसकेको छैन ।

शर्मालाई भारत र खत्रीलाई संयुक्त राज्य अमेरिकाको राजदूतमा प्रस्ताव गरिएको थियो । उनीहरुको संसदीय सुनुवाइ पनि पुरा भैसकेको छ । अर्को शक्तिशाली मुलुक चीनसहितका २० नियोग चाहिँ राजदूतविहिन छन् ।

संसदीय सुनुवाइको क्रममा बोल्दै राजदूत आचार्यले बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने, भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा पहल गर्ने र बेलायती लगानी आकर्षित गर्न पहल गर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर