गृहको विज्ञप्तिप्रति पत्रकार महासंघको असन्तुष्टि – Nepal Press

गृहको विज्ञप्तिप्रति पत्रकार महासंघको असन्तुष्टि

काठमाडौं । नेपाल पत्रकार महासंघले गृहमन्त्रालयको विज्ञप्तिप्रति असन्तुष्टि जनाएको छ ।

गृहमन्त्रालयले विहीबार ‘प्राङ्क’ का नाममा सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडिओ खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको थियो ।

महासंघले गृहको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्यांस प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । महासंघ संविधानले सनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ’, महासचिव रोसन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर