खोटाङ ऐसेलुखर्कस्थित वडा कार्यालय र विद्यालयमा तोडफोड – Nepal Press

खोटाङ ऐसेलुखर्कस्थित वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ स्थित वडा कार्यालय र त्रिभुवन माविको कार्यालय तोडफोड भएको छ । गएराति भएको सो तोडफोडमा संलग्नको पहिचान भने खुलेको छैन ।

वडा कार्यालयको घेराबाराको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्रका सबै घर्रा खोलेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए ।

त्यस्तै विद्यालयको मूल ढोका र तीनवटा दराजको चाबी तोडफोड गरिएको छ । अन्य दराजमा खोजतलास गरी कागजात छरपष्ट पारिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकेन्द्र राजभण्डारीले बताए ।

घटनाबारे छानबिन र संलग्नलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.