बेरेट्टिनीलाई हराउँदै नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा – Nepal Press

बेरेट्टिनीलाई हराउँदै नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं । कीर्तिमानी २१औं पटक ग्राण्डस्लाम जित्ने लक्ष्यमा रहेका राफेल नाडाल अष्ट्रेलियन ओपनको फाइनल प्रवेश गरेका छन् ।

शुक्रबार मेलवर्न पार्कमा भएको पहिलो सेमिफाइनल खेलमा वरियताको सातौं स्थानका इटालीयन खेलाडी माटेओ बेरेट्टिनीलाई ६–३, ६–२, ३–६, ६–३को नतिजामा हराउँदै नाडाल फाइनल पुगेका हुन् ।

उनले उपाधिका लागि दोस्रो सेमिफाइनलमा स्टेफेनो सित्सिपार र ड्याजियल मेडभेडेभको विजेतासँग प्रतिस्पर्धा गर्ने छन् ।

गत सिजन क्वाटरफाइनल बाटै बाहिरिएका नाडालले सन् २००९ मा एक पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । यसपटक उनको लक्ष्य २१औं ग्राण्डस्लामको उपाधि जित्ने पहिलो पुरुष खेलाडी बन्ने छ ।

उनीसँगै समान २० पटक ग्राण्डस्लाम जितेका विश्व नम्बर एक नोभाक जोकोभिच र रोजर फेडेरर प्रतियागितामा सहभागि छैनन् । जोकोभिच अष्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेपनि कोरोनाको आइसोलेसन नियम पालना नगरेको भन्दै अष्ट्रेलियन सरकारले उनलाई सर्विया फर्काइदिएको थियो । फेडेरर चोटका कारण लामो समयदेखि कोर्ट बाहिर छन् । त्यसकारण नाडाललाई कीर्तिमानी बनाउन केही सहज पनि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *