विराटनगर एयरपोर्टका ट्याक्सीको भुक्तानीका लागि मेगा बैंकको क्यूआर कोड सुविधा – Nepal Press

विराटनगर एयरपोर्टका ट्याक्सीको भुक्तानीका लागि मेगा बैंकको क्यूआर कोड सुविधा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सी भाडाको भुक्तानीका लागि क्यूआर कोड सेवा सुरू गरेको छ ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रवर्द्धत केन्द्रसँग आबद्ध ट्याक्सीका चालकलाई विहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी सेवा थालिएको हो ।

क्यूआर कोड सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकले जनाएको छ ।

एयरपोर्ट ट्याक्सी प्रवर्द्धन केन्द्र प्रालिसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुहरुलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पुर्‍याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको विराटनगर, देवकोटा चोकस्थित मेगा बैंक शाखाका प्रबन्धक विनोदराज थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर