इरान एसियाबाट कतार विश्वकपमा छनोट हुने पहिलो टिम – Nepal Press

इरान एसियाबाट कतार विश्वकपमा छनोट हुने पहिलो टिम

एजेन्सी । इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीवार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो ।

इरानको जितमा मेहदी तरेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितसंगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत समूह ए मा ७ खेलबाट १९ अंक बनाउदै अपराजित इराक शीर्षस्थानमा छ ।

दोस्रो स्थानको साउदीको १७ अंक छ ।

एसिया छनोटको तेस्रो चरणमा दुई समूह बिभाजन गरिएको छ । दुबै समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुनेछन् ।

तेस्रो मध्येको एक टोलीले भने अन्तरमहादेशीय प्लेअफ खेल्दै विश्वकपकाे बाटो तय गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *